
काठमाडौं, ८ चैत । वान एक्स बेटमा संलग्न ६ जनालाई प्रहरीले काठमार्डौंबाट पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनलाइन बेटिङ वान एक्समा संलग्न ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा वान एक्स बेटका मास्टर म्यानेजरहरू दिलीप सिंह कठायत, भूपालराज न्यौपाने, नयनराज भण्डारी, वरुण कुमार सिंह, बासुदेव पाण्डे र शिवानी तामाङ रहेका छन् ।
उनीहरुले बेटिङको ६४ करोड रूपैयाँ साइप्रस पुर्याएकोसमेत खुलेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेकाहरुमध्ये दिलिप सिंह कठायतले बिगत १ बर्ष देखि, भुपाल राज न्यौपानेले बिगत ९ महिना देखिस नयनराज भण्डारीले बिगत ६ महिना देखिस बरुन कुमार सिंहले बिगत ६ महिना देखिस शिवानी तामाङले आफ्नै नाममा खाता खोलेर रोशन गुरुङलाई खाता चलाउन दिई विगत ८ महिनादेखि र वासुदेव पाण्डेले बिगत १ महिना देखि सट्टेबाजीमा संलग्न पाइएको प्रहरीले बताएको छ ।
१२ वटा खाताहरुमध्ये कारोबार विवरण प्राप्त भएको ९ वटा खाता मार्फत् हालसम्म जम्मा ७ करोड ७७ लाख ८७ हजार ३२८ बराबरको बेटिङ कारोबार गरेको देखिएको पनि प्रहरीले जानकारी दिएको छ । बाँकी तीन वटा खाताको विवरण प्राप्त हुने क्रममा रहेको छ।
उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया