
काठमाडौं, ८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाध्यताले देश छोड्नु पर्ने अवस्था परिवर्तन गर्ने प्रतिबद्धता जनाएका छन् ।
वैदेशिक रोजगारी तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकहरूको सामाजिक सुरक्षा योजना शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विदेशमा श्रम गर्ने युवाहरूकै मेहनतले नेपालको अर्थतन्त्र चलेको भएपनि अब बाध्यताले देश छोड्नु पर्ने अवस्था परिवर्तन गर्ने आफ्नो लक्ष्य रहेको बताए ।
वैदेशिक रोजगारीका लागि बाहिरिने युवाहरुलाई दुख दिने कार्य सरकारलाई सह्य नहुने बताउँदै उनले बाध्यताले बाहिरिएका युवाहरूको अवस्था परिवर्तन गर्न देशमा स्वरोजगार सिर्जना गर्न आवश्यक पहल गरिने बताए ।
उनले वैदेशिक रोजगारी तथा विदेशमा स्वरोजगारमा रहेकाहरूलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरिएको जानकारी दिए ।
कोषमा आवद्व हुने वैदेशिक रोजगारमा रहेका श्रमिकले पनि जीवनको उत्तरार्धमा पेन्सन पाउने अवस्था बनेकाले श्रमिकको जीवनमा ठूलो मद्दत पुग्ने प्रधानमन्त्रीले बतााए ।
त्यस्तै प्रधानमन्त्री प्रचण्डले पहिलो पटक प्रधानमन्त्री हुँदा विदेशमा रहेका नागरिकको समस्या समाधान गर्न पहल गरेको, दोश्रो पटक प्रधानमन्त्री हुँदा श्रमिकको सुरक्षा, स्वास्थ र वीमाको समस्या समाधान गर्न प्रयास गरेको र अहिले विदेशमा रहेका श्रमिकको सुरक्षा कार्यक्रम शुभारम्भ गर्न पाउदा खुसी लागेको बताए ।















प्रतिक्रिया