
काठमाडौं, ८ चैत । दैलेखमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
नेपालगञ्जबाट ग्यास सिलिण्डर लिएर दैलेख जाँदै गरेको भे १ क २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका-४ मा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा बाँकेका अन्दाजी ३१ वर्षीय चालक कृष्ण चौधरी, ट्रकमा ग्यास सिलिण्डर लोड अनलोड गर्ने विष्णु चौधरी र लक्षिराम चौधरी रहेका छन् ।
सहचालक प्रकाश कुमाई भने सकुशल छन्।















प्रतिक्रिया