२ कार्तिक २०८३, सोमबार

टुँडिखेलमा मनाइयो घोडेजात्रा (तस्वीरहरू)

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । काठमाडौं उपत्यकामा शुक्रबार घोडे जात्रा पर्व मनाइएको छ।

चैत्र कृष्ण औंसीका दिन मनाइने यो जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ। उक्त समारोहमा घोडचढीहरूले विभिन्न कला प्रदर्शन गरेका छन्।

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत विशिष्ट व्यक्तित्व सहभागी हुने गर्छन्।

टुँडिखेलमा पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई दु:ख दिने गरेको स्थानीयको गुनासोपछि घोडाको टापले कुल्चाउने प्रचलन सुरु भएको र त्यही प्रचलनअनुसार घोडेजात्रा मनाउन थालिएको किम्वदन्ती छ।

जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदासमेत दिएको छ।