
काठमाडौं, ७ चैत । लन्डन : गायक राजकुमार सिंहको ‘बलेको आगो-२’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
बेलायतका बिभिन्न रमणीय स्थलमा छायांकन भएको भिडियोको कोरियोग्राफी तथा निर्देशन प्रभु गुरुङले गरेका हुन् ।
गुरुङको निर्देशन रहेको उक्त गीतको म्यूजिक भिडियो आरडीआर इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो ।
प्रेम र मिलनमा आधारित यस गीतको म्यूजिक भिडियोमा रोशन बस्नेत, निश्मा बन र दुर्गा सिंहले अभिनय गरेका छन् ।
राजकुमार सिंहको स्वर, सुनिल राईको संगीत संयोजन छ भने लक्ष्मी बर्देवाको शब्द छ।













प्रतिक्रिया