२८ आश्विन २०८३, बुधबार

घोराहीमा बृहत सांस्कृतिक कार्यक्रम हुँदै, पल शाहको प्रस्तुति रहने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । यही चैत ९ गतेदेखी घोराहीमा हुने तीन दिने बृहत सांस्कृतिक कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका नायक पल शाहसँगै अन्य चर्चीत कलाकारहरुको प्रस्तुति रहने भएको छ ।

डि टेन नेपाल ईन्टरटेनमेन्ट मिडिया प्रा.लिको आयोजनामा हुने ‘घोराही बृहत सांस्कृतिक कार्यक्रम–२०७९ मा नायक पल शाहसँगै नेपाली सांगितिक क्षेत्रका चर्चीत एवं लोकप्रीय गायक प्रमोद खरेल, नेपाली लोकदोहोरी क्षेत्रका चर्चित गायक पशुपति शर्मा लगायतका ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

अनाथ आश्रमकोलागी सहयोगार्थ चैत ९ देखी ११ गतेसम्म घोराही उपमहानगरपालिका १४ झिँगौरामा हुने सांस्कृतिक कार्यक्रममा नायक पल शाह, गायक प्रमोद खरेल, गायक पशुपति शर्मा, गायक चन्द्र शर्मा, गायिका सिर्जना खत्री ‘हाउडेमाया’, गायक उर्गेन डोङ, गायक एम.टी महर, मोडलहरु करिष्मा ढकाल, रुविना अधिकारी, टिका जैशी, आरुषी मगर लगायत दंगाली कलाकारहरुको प्रस्तुति रहने कार्यक्रमका सांस्कृतिक संयोजक कमल बिष्टले जानकारी दिनुभयो ।