
काठमाडौं, ७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा पुगेर सडकको शिलान्यास गरेका छन् ।
मंगलबार बिहान गोरखा पुगेका प्रधानमन्त्रीले पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडकको शिलान्यास गरेका हुन् । यो सडक २० किलोमिटरको रहेको छ ।
शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लगायत नेताहरु पनि पुगेका थिए ।

















प्रतिक्रिया