२ कार्तिक २०८३, सोमबार

कस्तो छ कांग्रेस सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था ?

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । गत फागुन ३ गते खाना पकाउने ग्यास सिलिण्डर लिक भएर भएको आगलागीमा परेर गम्भीर घाइते भएका नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीको भारतको नेशनल बर्न सेन्टरमा उपचार जारी छ ।

उनको स्वास्थ्य अवस्थामा उल्लेखनिय सुधार भएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् । उनलाई सामान्य आहार दिन सुरू गरिएको छ।

अनुहारको छाला राम्रो हुँदै गएको र फिजियोथेरापी जारी राखिएको छ। सांसद भण्डारीको जलन भएका ठाउँका छाला पनि राम्रो हुँदै गएकोले तत्काल शल्यक्रिया गर्नुनपर्ने चिकित्सकहरूले बताएका छन्।

सांसद भण्डारी अरूको सहयोगबिना केही समय बस्न सक्छन्। केही दिनमा उनलाई हिँड्नका लागि प्रयास गराइने पनि चिकित्सकहरूको तयारी छ।