२८ आश्विन २०८३, बुधबार

बर्दियामा पाटे बाघको आक्रमणबाट दुईको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । बर्दियामा पाटे बाघको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

मधुवन नगरपालिका–५ को चिरौति सामुदायिक वनमा घाँस काट्न गएका बेला पाटे बाघको आक्रमणबाट दुई जना महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

बाघको आक्रमणबाट मधुवन–५ की ५० वर्षीया धनसरा गुरुङ र ५५ वर्षीया समुन्द्री बुढाक्षेत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिनुभयो ।

नेपाल –भारत सीमा नजिक घाँस दाउरा लिन लिन गएका बेला आक्रमण भएाको प्रहरीले जनाएको छ ।

मृतक दुई जना महिलाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया लगिएको प्रहरीले जनाएको छ ।