२ कार्तिक २०८३, सोमबार

रविले पाए ‘क्लिन चिट’: राहदानी विवादमा मुद्दा चलाउनु नपर्ने महान्यायाधिक्ता कार्यालयको निर्णय

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । राहदानी विवादबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्ण रूपमा सफाइ पाएका छन् ।

राहदानी विवादमा महान्यायाधिवक्ताको कार्यालयले रविविरूद्द मुद्दा चलाउनु नपर्ने देखिएको निर्णय गरेसँगै रविको राहदानी विवाद सकिएको छ ।

यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरूद्ध मुद्दा नचलाउने प्रतिवेदन उच्च सरकारी वकिलको कार्यालयमा पठाएको थियो।

उच्च सरकारी वकिलको कार्यालयले जिल्लाको प्रतिवेदनलाई गत बिहीबार महान्यायाधिवक्ताको कार्यालयमा पठाएको थियो।

महान्यायाधिवक्ताको कार्यालयले रविले सन् २०१५ मा लिएको ०८८३४८३८ नम्बरको राहदानी दुरूपयोग गरेको नदेखिएको ठहर गरेको छ ।