२८ आश्विन २०८३, बुधबार

मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं,६ चैत । सरकारले चैत्र ७ गते मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ ।

घोडेजात्रा को अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिएको हो ।

यो विदा राजपत्र मै प्रकाशन गरेर तय भएको सार्वजनिक विदा हो ।

प्रत्येक वर्ष चैत कृष्ण औंसीको दिन उपत्यकामा घोडे जात्रा मनाईने गरिएको छ ।

काठमाडौं उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ ।

पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार परापूर्व कालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दु:ख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा मनाइएको पाइन्छ ।