
काठमाडौं, ६ चैत । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
सोमबार बिहान बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।
प्रधानमन्त्रीले आज संसदबाट दोस्रो पटक विश्वासको मत लिँदैछन् ।
नेकपा एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले पुन: विश्वासको मत लिन लागेका हुन् ।















प्रतिक्रिया