१ कार्तिक २०८३, आइतबार

बङ्गलादेशमा बस दुर्घटना १९ जनाको मृत्यु, ३० जना घाइते

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ढाका, ६ चैत । बङ्गलादेशको मदारीपुरमा आइतबार भएको बस दुर्घटनामा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

ढाका ट्रिब्युनले जनाएअनुसार आइतबार बिहान ढाकातर्फ जाँदै गरेको बस पद्मा पुलको सडकबाट मदारीपुरको शिबचार उपजिल्लाको कुतुबपुर नजिक खाल्डोमा खस्दा सो दुर्घटना भएको हो । बसमा कम्तीमा ५० जना सवार रहेको बुझिएको छ । घाइतेहरूको शिवचर उपजिल्ला स्थित स्वास्थ्य केन्द्रमा घाइतेको उपचार भइरहेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार चालकले गाडीको नियन्त्रण गुमाएपछि बस खाल्डोमा खसेको हो । घटनाबारे अनुसन्धान जारी छ । मृतकको सङ्ख्या बढ्नसक्ने गरिएको छ । एएनआई