३० आश्विन २०८३, शुक्रबार

एमाओवादीसँग पार्टी एकीकरणको कुरा हल्ला मात्रै हो : सीपी गजुरेल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । नेकपा क्रान्तिकारी माओवादीका महासचिव सीपी गजुरेलले आफ्नो पार्टी हाल सत्तामा रहेको माओवादीसँग मिल्न लागेको भन्ने कुरा हल्ला मात्रै भएको बताएका छन् ।

इच्छुक साँस्कृतिक प्रतिष्ठान अनामनगरमा आयोजित २५औँ साँस्कृतिक प्रतिरोध दिवसमा उनले आफ्नो पार्टी एमाओवादीसँग मिल्न लागेको भन्ने कुरामा सत्यता नरहेको बताएका हुन् ।

पूर्वमाओवादी एक ठाउँमा आउन लागेको विषयलाई लिएर आफ्नो पार्टी (नेकपा क्रान्तिकारी माओवादी) ले हाल सत्तामा रहेको सरकारी माओवादीसँग मिल्न लागेको कुरा यथार्थ नभएको उनको तर्क छ ।

सरकारीबाहेकका माओवादीहरूसँग कार्यगत एकताको प्रयास गरिए पनि त्यो असफल भइसकेको उनको भनाइ छ ।