२ कार्तिक २०८३, सोमबार

मन्त्रीको टुंगो लगाउन काँग्रेसले तोक्यो चार मापदण्ड

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । नेपाली काँग्रेसले सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

आइतबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्रीको टुंगो लगाउन चार मापदण्ड तोकेको छ ।

मन्त्री टुंगो लगाउँदा योग्यता, योगदान, समावेशीता र प्रादेशिक सन्तुलनका आधारमा टुंगो लगाउने निर्णय भएको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।