२ कार्तिक २०८३, सोमबार

बालुवाटारमा १० दलको बैठक, के-के भयो छलफल ?

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ चैत । सत्तारुढ १० दलबीच आइतबार प्रतिनिधि सभामा पेश हुने संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा एकमतका साथ प्रस्तुत हुने सहमति जुटेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको १० दलका शीर्ष नेताहरुको बैठकले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्ति छानबिन आयोगसम्बन्धी विधेयकमा एकमतका साथ प्रस्तुत हुने सहमति गरेकोे बैठकमा सहभागी नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले जानकारी दिए ।

यस्तै, सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा पनि बैठकमा छलफल भएको उनको भनाइ छ । प्रधानमन्त्रीलाई संसदमा विश्वास मत प्राप्त गर्नका लागि १० दलीय गठबन्धन एकै ठाउँमा उभिने सहमति पनि जुटेको उपसभापति खड्काले बताए ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहाल, कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शरदसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल, नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराई लगायत सहभागी थिए ।