३० आश्विन २०८३, शुक्रबार

संक्रमणकालीन न्यायसँग सम्बन्धित संशोधन बिधेयकप्रति राप्रपाको आपत्ति (भिडिओ)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संक्रमणकालीन न्यायसँग सम्बन्धित संशोधन बिधेयकप्रति आपत्ति जनाएको छ ।

सिंहदरबारमा शनिबार बसेको राप्रपा संसदीय दलको बैठकले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएको व्यक्तिको छानबिन सम्बन्धि संशोधन विधेयकमा फरक मत राख्ने निर्णय गरेको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

विधेयकमा द्वन्द्वको एक पक्षीयलाई मात्रै सम्वोधन गर्ने प्रयास गरेकाले आफूहरूको विरोध रहेको उनको भनाइ छ । बैठकले संसदीय दलको विधानलाई पारित गरेको छ भने दलको उपनेतामा बुद्धिमान तामाङलाई चयन गरेको लिङ्देनले बताए ।

यसैगरी बैठकले संघ र प्रदेशका सांसदहरुलाई अनुशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको उनले बताए । बैठकमा संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको लिङ्देनको भनाइ छ ।