२८ आश्विन २०८३, बुधबार

राष्ट्रिय क्रिकेट टीमका दुई खेलाडीलाई सुदूरपश्चिम सरकारले जनही दुई लाख दिने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ चैत ।  सुदूरपश्चिम प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टीमका दुई खेलाडीलाई जनही दुई लाख रूपैयाँ दिने भएको छ।

राष्ट्रिय टिममा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने दीपेन्द्र सिंह ऐरी र भीम सार्कीलाई जनही दुई लाख रूपैयाँ मुख्यमन्त्री कमलबहादुर शाहले घोषणा गरेका छन्।

नेपाललाई विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट गराउँदै ऐतिहासिक सफलता दिलाउन भूमिका खेलेको भन्दै सरकारले उनीहरूलाई नगद पुरस्कार प्रदान गर्न लागेको हो

यस्तै टीममा परेका खेलाडी सन्दीप जोरालाई १ लाख र अन्तिम १८ मा परेका कमल सिंह ऐरी र अर्जुन सावदलाई जनही ५० हजार दिने जनाइएको छ ।