
काठमाडौं, ३ चैत । एनएमबि बैंकले १५ वर्षका लागि ११.९९% स्थिर ब्याजदर सहितको नयाँ घर कर्जा घोषणा गरेको छ ।
यो नयाँ कर्जाले घरधनीहरूलाई कर्जाको स्थिर मासिक भुक्तानीको साथै व्यक्तिको दीर्घकालीन वित्तीय योजनामा समेत मद्दत पुर्याउनेछ । सो योजनाले लामो अवधिको लागि कम र अनुमानित ब्याज दर सुरक्षित गर्न मद्दत पुर्याउनेछ भन्ने बैंकले विश्वास राखेको छ ।
यो कर्जाले नयाँ ग्राहकहरू कुनै पनि बजार उतार–चढाव वा ब्याज दरहरूमा परिवर्तन भए पनि ग्राहकहरूको मासिक भुक्तानी ऋण अवधिसम्म स्थिर रहनेछ भनी विश्वस्त हुन सक्नेछन् ।
‘घरमा लगानी गर्नु एक व्यक्ति र परिवारको लागि ठूलो लगानी हो र हामीले मासिक भुक्तानी व्यवस्थापन गर्ने सन्दर्भमा स्थिरता को महत्त्व बुझ्दछौं,’ एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले भने ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटीएमहरू र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।















प्रतिक्रिया