
काठमाडौं, ३ चैत । फागुन १ गते यातायात मजदुरको नाममा गोंगबु र बालाजु क्षेत्रमा भएको घटना नियन्त्रणमा अक्षमता देखाएको भन्दै जिम्मेवारी खोसिएका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन बिष्टको बढुवा पनि रोकिएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरी वृत्त बालाजुका पूर्वप्रमुख बिष्टको बढुवा तीन वर्षसम्मका लागि रोक्का गरेको हो ।
घटनाबारे छानिबन गर्न गठित डीआईजी मसाउद आलम खाँ नेतृत्वको समितिले दिएको सिफारिसका आधारमा डीएसपी बिष्टलाई बढुवा रोक्का गर्दै थप कारबाही गरिएको बताइएको छ ।
खाँ नेतृत्वको समितिले तत्कालीन समयमा प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत डीएसपी गणेशबहादुर बमलाई पनि सचेत गराउने निर्णय गरेको छ ।
माछापोखरीमा प्रदर्शनकारीले प्रहरीको दुई वटा गाडीमा तोडफोड, प्रहरी बिटमा आगजनी र व्यावसायिक क्षेत्रमा ठूलो क्षति पुर्याएका थिए । घटनाले उग्र रूप लिँदा पनि प्रहरीले रोकथामको प्रयास नगरेको निष्कर्ष समितिको छ ।















प्रतिक्रिया