२८ आश्विन २०८३, बुधबार

देशको अर्थतन्त्र बलियो बनाउन राप्रपा महिला संगठनले गरायो सरकारलाइ ध्यानाकर्षण

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत ।  राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालको केन्द्रीय कार्य समितिको बैठक काठमाडौंमा सम्पन्न भएको छ ।

बैठकले किसानलाई प्रत्यक्ष असर पर्नेगरी रासायनिक मलमा दिइदै आएको अनुदान कटौति गर्ने सरकारको निर्णयको विरोध गर्दै तत्काल पहिलेकै अवस्थामा अनुदान उपलब्ध गराई समयमै कृषकहरुलाई पर्याप्त मलबिउ वितरण गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

पछिल्लो अवस्थामा देशको अर्थतन्त्र बलियो बनाउन यथाशिघ्र उचित कदम चाल्न सरकारको ध्यानाकर्षण गराउँदै बढ्दै गएको चरम महँगी, भ्रष्टाचार नियन्त्रण गर्न सम्बन्धित पक्षसँग जोडदार माग गर्ने बैठकले निर्णय गरेको छ ।

संगठनलाई सुदृढिकरण गर्दै वडा तहसम्म संगठन विस्तार गर्न राप्रपा नेपालका केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी दिदै सो बैठकले बढ्दो महँगी, भ्रष्टाचार, जवर्जस्ती धर्म परिवर्तन गराउने लहर लगायतका विरुद्ध चाँडै सडक संघर्षका कार्यक्रम सार्वजनिक गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले समसामयिक राजनीतिक परिस्थिती, पार्टीको भावी कार्यदिशाका बारेमा प्रशिक्षण समेत छन ।
सो अवसरमा विभिन्न पार्टी परित्याग गरि राप्रपा नेपालमा प्रवेश गरेका दर्जनौं महिलाहरुलाई अध्यक्ष थापाले पार्टीमा स्वागत गरेका थिए ।
बैठक संगठनका अध्यक्ष सुनिता कुरुम्वाङको अध्यक्षतामा सम्पन्न भएको छ ।