३० आश्विन २०८३, शुक्रबार

राष्ट्रविरोधी र देशद्रोही गतिविधि बढ्यो, शान्तिसुरक्षामा सरकार असफल : केपी ओली (भिडिओ)

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको शान्ति सुव्यवस्था कायम गर्न वर्तमान सरकार असफल भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनको ११औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले खुलेआम राष्ट्रविरोधी र देशद्रोही कुरा गरेर हिडिरहँदा पनि सरकारले मुलुकको शान्ति सुव्यवस्था कायम गर्न नसकेको बताएका हुन् ।

उनले देशलाई नै विदेशीसामू बुझाउनुपर्ने अभिव्यक्ति दिएर एक हुल मान्छे हिँड्दा सरकारले नसुनेको उल्लेख गरेका छन् । देशको सन्तान भन्न पनि नसुहाउने देशद्रोही कुरा गरेर हिँड्नेलाई तत्काल नियन्त्रणमा लिनुपर्ने भन्दै ओलीले मुलुकविरोधी अभियान जारी रहे जनताले प्रतिवाद गर्ने चेतावनी दिए ।

उनले एमालेले सरकार छाडेपछि मुलुकको अर्थतन्त्र, सामाजिक र राजनीतिक अवस्था तहसनहस भएको पनि बताएका छन् । अहिले ऊर्जा व्यापार भन्दा पनि स्वदेशमा नै अत्यधिक खपतमा ध्यान दिनुपर्नेमा ओलीको जोड छ ।