३० आश्विन २०८३, शुक्रबार

सत्ताको आडमा माओवादीले न्याय दबाउन खोज्यो : गोकुल बास्कोटा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री गोकुल बाँस्कोटाले सत्ताको आडमा नेकपा माओवादी केन्द्रले जनताको न्याय दबाउन खोजेको आरोप लगाएका छन् ।

आज शुक्रबार संघीय संसद् भवनमा मतदानपछि पत्रकारसँग कुरा गर्दै उनले जनातालाई न्याय दिन नसक्नेले राजनीति छोड्नुपर्ने तर्क समेत गरेका छन् ।

‘हिंसा गर्ने उहाँहरू, आतङ्क चलाउने उहाँहरू, किरिया बसेकालाई लगेर गोली हानेर मार्ने उहाँहरू अनि मान्छेले न्याय माग्दा एमालेमाथि हिलो छाप्ने काम गर्ने, अदालमा सेटिङ गर्ने माओवादीले के राजनीति गर्नु,’ बास्कोटाले भने, ‘उनीहरूले केही गर्न नसकेपछि एमालेमाथि हिलो छ्याप्ने काम भइरहेको छ । त्यस्ताले किन राजनीति गर्नु छोडे भैहाल्यो नि ।’

मान्छे मारेको, हिंसा गरेको, पुल भत्काएकाहरूले सत्ताको आडमा मानवअधिकार र न्यायिक अधिकारकोे प्रश्नलाई दबाउन खोज्नु भनेको फेरि जंगली राजको सुरुवात गर्नु भएको उनको टिप्पणी छ ।

न्यायको प्रश्नमा कसैलाई उन्मुक्ति हुन नसक्ने बताउँदै उनले माओवादीले एमालेमाथि हिलो छ्याप्ने काम गरिरहेको आरोप लगाएका हुन् ।