२ कार्तिक २०८३, सोमबार

नेपाललाई जित दिलाएको डीएलएस पद्वति के हो ?

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । क्रिकेट खेल कुनै कारणले बीचमा नै अवरुद्ध हुने वा प्रभावित भएको अवस्थामा लक्ष्य पुनर्निर्णाधरण गर्ने विधि डीएलएस हो।

सन् १९९७ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले वर्षाबाट प्रभावित खेलहरूमा प्रतिस्पर्धी टोलीलाई दिइएको लक्ष्य पुन: निर्धारण गर्न यो विधि सफलतापूर्वक परीक्षण गरेको थियो। सन् १९९८ मा इङ्गल्यान्डको क्रिकेट काउन्सिल, जिम्बाब्वेको क्रिकेट युनिअन र न्यूजिल्यान्डले यसको प्रयोग प्रयोग गरेका थिए। फ्रयाङ्क डकवर्थ र टोनी लेविसले यो प्रणालीको आविष्कार गरेका हुन्। फ्र्याङ्क ब्रिटेनको रोयल स्ट्याटिस्टिकल सोसाइटीको मासिक खबर पत्रिकाका सम्पादक थिए भने टोनी गणितका प्राध्यापक थिए।

आईसीसीले सबै खालका म्याचहरूमा डीएल विधिको प्रयोग गरिने जनाएको छ। आईसीसीका अनुसार यदि कुनै म्याच सुरु भएपछि रोकिएको अवस्थामा म्याच सुरु हुँदा निर्धारण गरिएको ओभरबाट कुनै पनि टोलीले खेल्न बाँकी रहेको ओभर घटाइनेछ। त्यसपछि ‘आईसीसी डकवर्थ लेविस स्टर्न क्यालकुलेटरको’ पछिल्लो संस्करणको प्रयोग गरी लक्ष्य फेरि निर्धारण गरिनेछ। आईसीसीका अनुसार खेल्न बाँकी ओभर र औसत रन रेटलाई मात्रै ध्यान दिएर कुनै पनि खेलको लक्ष्यलाई पुनर्निर्धारण गरिँदैन। डीएलएस पद्दतिमा दुवै पक्षका सापेक्षित रन स्कोर गर्ने सामर्थ्यलाई ध्यान दिइन्छ ।

आईसीसीका अनुसार खेल अवरुद्ध वा त्यसपछि शुरू भएको समयमा कति ओभर बाँकी थियो र कति विकेट खसेका थिए भन्ने कुरालाई पनि ध्यान दिइन्छ। सबै स्रोतको सम्भावित मूल्याङ्कन शुरूमा नै गरिएको हुन्छ र एउटा टेबल बनाइएको हुन्छ।