२ कार्तिक २०८३, सोमबार

राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बैठक स्थगित

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित भएको छ ।

उपराष्ट्रपतिमा कसलाई मत दिने भन्नेबारे निर्णय गर्न बिहान ११ बजेका लागि पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको बैठक स्थगित भएको हो ।

निर्वाचन आचारसंहिताअनुसार उपराष्ट्रपतिमा कसलाई मत दिने भन्ने विषयमा औपचारिक निर्णय गर्न नमिल्ने भएपछि बैठक स्थगित गरिएको रास्वपाका प्रवक्ता मुकुल ढकालले बताएका छन् ।

उनले उपराष्ट्रपतिमा कसलाई मतदिने भन्ने कुरा आन्तरिक छलफलबाट टुङ्गो लगाउने जानकारी दिए ।