
काठमाडौं, २ चैत । संघीय संसद प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे बिहीबार स्वदेश फर्किएका छन् ।
अन्तरव्यवस्थापिका सङ्घ (आइपीयू) को १४६औँ महासभामा सहभागी भई सभामुख घिमिरे बिहीबार स्वदेश फर्किएका हुन् ।
सभामुख घिमिरेले महासभालाई बहराइनको राजधानी मनामामा सोमबार सम्बोधन गरेका थिए । सभाुमख घिमिरेले नेपालले सबै मित्रराष्ट्रको साथ र सहयोगबाट अघि बढ्ने अपेक्षा राखेको बताए ।
त्यस्तै उनले बहराइनका सभामुख अहमद बिन सलमान अल मुसलामसँग भेट गरेका थिए । बहराइनका सभामुख लगायत अन्य प्रतिनिधिहरुसंगको भेटमा नेपालको कामदारका बिषयमा कुराकानी भएको सभामुख घिमिरेले बताए ।
नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख गत शुक्रबार बहराइन गएका थिए ।















प्रतिक्रिया