
काठमाडौं, २ चैत । नेकपा एमालेको मिसन ग्रासरुट अभियानअन्तर्गत आज देशभर पार्टीका शीर्ष नेताहरूको सहभागितामा कार्यक्रमहरू भएका खबर प्राप्त भएको छ ।
यसै सन्दर्भमा हामीलाई प्राप्त खबरहरू जिल्लागत रुपमा तल प्रस्तुत गरिएको छ–
धादिङ

पार्टी उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा धादिङमा जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारी, धादिङ जिल्ला इञ्चार्ज खेम लोहनी लगायत नेताहरू उपस्थित हुनुहुन्थ्यो ।
कास्की
मिसन ग्रासरूट अभियानअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ९ वडा कमिटीको आयोजनामा ज्येष्ठ नागरिक सम्मान तथा प्रशिक्षण कार्यक्रम घान्द्रुकमा सम्पन्न भएको छ ।

पार्टी केन्द्रीय कमिटी सचिव पद्मा अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधिका रूपमा खटिनुभएकी कल्पना चापागाईं, केन्द्रीय सल्लाहकार सदस्य देवी सुवेदी, प्रदेश सचिवालय सदस्य दिपक पौडेल, पालिका अध्यक्ष विवेक देवकोटा, सृजना केसी, खरमाया विटालु, सन्तु सुवेदी लगायत नेताहरू उपस्थित हुनुहुन्थ्यो ।
प्रशिक्षणको क्रममा सचिव अर्यालले आगामी वैशाखपछि सत्ता समीकरण फेरवदल हुने र देशको भलो चिताउने सरकार गठन हुने धारणा राख्नुभयो ।
पर्वत

त्यसैगरी पर्वतको मोदी गाउँपालिका वडा नम्बर १ मा सचिव पद्मा अर्यालकै प्रमुख आतिथ्यतामा अभियान सम्पन्न भएको छ । कार्यक्रममा प्रदेश सचिवालय सदस्य भक्त कुँवर, हिरा शर्मा र पर्वतका उप सचिव विमल लामिछाने लगायतको उपस्थिति थियो ।
कास्की
नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले कम्युनिष्ट पार्टीको झण्डा बोक्दैमा कम्युनिष्ट नहुने भन्दै व्यवहारिक रूपमा एमाले मात्रै कम्युनिष्ट पार्टी भएको बताउनु भएको छ ।

‘कम्युनिष्ट हुँ भन्ने तर कांग्रेसलाई बलियो बनाउन लाग्नेहरू कम्युनिष्ट होइनन् झण्डा कम्युनिष्टको बोक्दैमा कोही कम्युनिष्ट हुदैन व्यबहारिक रूपमा कम्युनिष्ट अरुको कोही छ भने त्यो नेकपा एमाले नै हो।’ उहाँले भन्नुभयो ।
मिसन ग्रासरुट अभियान अन्तरगत कास्कीमा नेकपा (एमाले) रूपा गाउँपालिका वडा नं ६ कमिटीको आयोजनामा ज्येष्ठ नागरिक सम्मान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले मिसन ग्रासरुट एमाले पुर्न जागरण अभियान भएको बताउनुभयो ।
कार्यक्रममा लामोसमयदेखि निरन्तर कम्युनिष्ट आन्दोलनमा सक्रिय रहनुभएका ज्येष्ठ नागरिक, सेल्टरदाताहरूलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको थियो ।
दोलखा
मिसन ग्रासरुट अभियानअन्तर्गत नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चको विस्तारित बैठक तथा अभिमुखीकरण कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । पार्टीका स्थायी कमिटी सदस्य एवम् केन्द्रीय सम्पर्क समन्वय कमिटीका इञ्चार्ज लालबाबु पण्डितको प्रमुख आतिथ्यता र मञ्चका अध्यक्ष शेखर बस्नेतको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकले सम्पर्क मञ्चका सदस्यहरूको सदस्यता नवीकरण र नयाँ सदस्यता विस्तारलाई प्रभावकारी रूपमा अगाडि बढाउने निर्णय गरेको छ । यस्तै, सम्पर्क मञ्च मातहतका दुई वटा क्षेत्रीय, नौ वटा पालिका र ७४ वटै वडा सम्पर्क मञ्चले यही चैत २० गतेभित्र भेला, बैठक, विस्तारित बैठक र अभिमुखीकरण कार्यक्रम आयोजना गर्न निर्देशन दिइएको छ ।
सम्पर्क मञ्चका सचिव उमेश खड्काले सञ्चालन गर्नुभएको बैठकमा केन्द्रीस्य सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेत र बागमती प्रदेश सम्पर्क कमिटीका अध्यक्ष अशोक कुमार ठकुरीलगायत नेताहरूको आतिथ्यता थियो भने सम्पर्कमञ्च मातहत रहेका विभिन्न कमिटीका पदाधिकारीहरूको उल्लेख्य उपस्थिति थियो ।
रामेछाप
मिसन ग्रासरूट अभियानअन्तर्गत रामेछापको गोकुलगंगा गाउँपालिकामा पार्टी पोलिट्ब्यूरो सदस्य अरूण नेपालको प्रमुख आतिथ्यता र गाउपालिका कमिटीका अध्यक्ष दीपक कार्कीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै पोलिट्ब्यूरो सदस्य नेपालले पार्टीलाई सुदृढ बनाएर अघि बढाउन मिसन ग्रासरुट सञ्चालन गरिएको बताउनुभयो ।

उहाँले नेकपा एमालेलाई जनताकोबिचमा थप स्थापित गराउन यो भियानले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा केन्द्रीय सदस्य कृष्णप्रसाद दाहाल, वाग्मती प्रदेश सदस्य शान्तिप्रसाद पौडेल, जिल्ला पार्टी अध्यक्ष आनन्द श्रेष्ठ, प्रदेश सदस्य दीपशिखा दाहाल, पार्टी सचिव पुरुषोत्तम कडरिया लगायत नेताहरूले प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो । पालिकास्तरको कार्यक्रम सकेपछि वडा र बस्तीस्तरसम्म अभियान सञ्चालन हुने पालिका कमिटी अध्यक्ष दीपक कार्कीले जानकारी दिनुभयो ।
मोरङ
मिसन ग्रासरुट अभियानअन्तर्गत मोरङको लेटाङ नगरपालिका वडा नम्बर ४ मा नेकपा एमाले वडा कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

पार्टी पोलिट्ब्यूरो सदस्य जितु गौतमको प्रमुख आतिथ्यता र वडा कमिटी अध्यक्ष राम कुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कोशी प्रदेश कमिटी सदस्य तथा लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र लावती लगायत नेताहरू सहभागी हुनुहुन्थ्यो ।
नवलपुर
मिसन ग्रासरूट अभियानअन्तर्गत नवलपुर जिल्लाको गैंडाकोट नगरपालिकाको वडा नम्बर १ र १० मा पार्टी केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रतिनिधि जमिन्द्रमान घलेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा पार्टी सदस्यता नवीकरण, समाजिक आर्थिक रूपान्तरणमा एमालेले खेल्नु पर्ने भूमिका लगायतका बिषयमा केन्द्रीय सदस्य घलेले आफ्ना विचारहरू राख्नु भएको थियो ।
कास्की
मिसन ग्रासरूट अभियानअन्तर्गत कास्कीको पोखरा महानगरपालिकाका २३ वटै वडाको विस्तारित बैठक र दुई वडा वडाको वडा भेला सम्पन्न भएको छ ।

बाँकी वडाको बैठक पनि छिट्टै बस्ने गरि योजना बनिरहेको पोखरा महानगरका लागि केन्द्रीय प्रतिनिधि तथा पार्टी केन्द्रीय सदस्य मायानाथ अधिकारीले जानकारी दिनुभयो ।
नुवाकोट
नेकपा (एमाले) को पार्टी सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरूटअन्तर्गत नुवाकोटको दुप्चेश्वर गाउँपालिका कमिटीको विस्तारित बैठक समुन्द्रटारमा सम्पन्न भएको छ ।

पार्टी केन्द्रीय कमिटी सदस्य माधवप्रसाद अर्यालको प्रमुख आतिथ्यता र पालिका कमिटीका अध्यक्ष एवं वडाअध्यक्ष मैतबहादुर तामाङ (प्रेम) को अध्यक्षता बसेको बैठकले चैत्र ११ गतेसम्म वडा तहको बैठक आयोजना गरिसक्ने लगायतका कार्ययोजना तय गरेको छ ।
बैठकमा जिल्ला कमिटी अध्यक्ष बद्री मैनाली, प्रदेश कमिटी सदस्यहरू बलराम आचार्य, अजितमान तामाङ, गोकर्णराज पाठक जिल्ला कमिटी उप सचिव काशिराज अधिकारी, निलकण्ठ आचार्य लगायत नेताहरूले बैठकलाई सम्बोधन गर्नुभएको थियो ।
यसैबीच, मोरङकै पथरी शनिश्चरे नगरपालिकाको वडा नम्बर ३ र ७ नम्बर वडाको योजना बैठक सम्पन्न भएको छ । बैठकले चैत्र १० गते वडा नम्बर ३ को पिपलचोकमा ज्येष्ठ नागरिकहरूसँग नेकपा एमालेका नेताहरूको भलाकुसारी कार्यक्रम राखिएको नेकपा एमालेका केन्द्रीय सदस्य युवराज बाँस्कोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार भलाकुसारी कार्यक्रम ज्येष्ठ नागरिकहरूको सुख दु:खका कुरा सुन्ने उद्देश्यले राखिएको हो । यस्तै चैत ११ गते पालिकास्तरीय प्रशिक्षण कार्यक्रम गर्ने तय भएको बाँस्कोटाले बताउनुभयो ।
झापा
नेकपा एमालेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरूटअन्तर्गत नेकपा एमाले भद्रपुर नगरपालिका कमिटीको आयोजनामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय प्रतिनिधिको रूपमा खटिनुभएकी शकुन्तला बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
खोटाङ
मिसन ग्रासरूट अभियानअन्तर्गत कोशी प्रदेशका सबै जिल्लाहरूमा अभियान तीव्र गतिमा अगाडि बढिरहेको छ । यसैबीच, खोटाङको रावाबेशी गाउँपालिका वडा नम्बर–४ डुम्रे धारापानीमा आयोजित कार्यक्रममा डिल्लीराम पाण्डेको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।
कमिटीले ग्रासरुट अभियानलाई उत्साहका साथ सञ्चालन गर्ने निर्णय गरेको छ । यस्तै, कार्यक्रममा पञ्चायतविरुद्धको आन्दोलनमा सेल्टर दाता ८८ वर्षीया नन्दमाया रिजाललाई सम्मानसमेत गरिएको छ । कार्यक्रममा कोशी प्रदेश सचिवालय सदस्य हरि पोखरेल लगायतका नेताहरू उपस्थित हुनुहुन्थ्यो ।
मोरङ
मिसन ग्रासरुट अभियानअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिकाको कानेपोखरी अस्पतालमा सरसफाई तथा वृक्षारोपण गरिएको छ । नेकपा एमाले प्रदेश कमिटी सदस्यद्वय लक्ष्मी फुयाँल र मधु गुरुङ्गको उपस्थितिमा अस्पतालमा सरसफाई र विक्षारोपण गरिएको हो ।
अभियान अन्तर्गत रचनात्मक काम गर्ने शिलशिलामा अस्पतालजस्तो संवेदशनशिल क्षेत्र सफासुग्घर र हरियाली हुनुपर्ने भन्दै सरसफाई र वृक्षरोपण कार्यक्रम गरिएको पालिका कमिटीका अध्यक्ष सुशील बुढाथोकीले जानकारी दिनुभयो ।
यस्तै मोरङकै विराटनगर महानगरपालिकामा पनि टोल कमिटीहरू गठन गर्ने क्रम चलिरहेको नेकपा एमाले विराटनगर महानगरका अध्यक्ष सागर थापाले जानकारी दिनुभएको छ । उहाँका अनुसार विराटनगर १८ स्थित भेडियारीमा कृत्यानन्द मण्डलको अध्यक्षतामा १३ सदस्य टोल कमिटी गठन गरिएको छ ।
यस्तै विराटनगर ३ मा टोल कमिटी गठन भएको छ । अभियानकै क्रममा आसन्न स्ववियु निर्वाचनलाई लक्षित गर्दै एमालेको विद्यार्थी संगठन अनेरास्ववियुलाई जिताउन कृयाशिल रहने अध्यक्ष थापाले बताउनुभयो । उहाँले क्षेत्र नम्बर ४ अन्तर्गत विराटनगरका सम्पूर्ण वडाका अध्यक्षहरूको संयुक्त बैठक पनि गरिएको जानकारी दिनुभयो ।
लमजुङ
मिसन ग्रासरुट अभियान अन्तर्गत आज सुन्दरबजार नगरपालिकाको पैरेमा वडा कमिटीको बैठक सम्पन्न भएको छ ।

वडा कमिटीका अध्यक्ष चञ्चल गुरुङको अध्यक्षता तथा एमाले लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीका प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा प्रदेश कमिटी सचिबालय सदस्य राजकुमार श्रेष्ठ, जिल्ला कमिटी सचिब शुभाष पौडेल, सचिबालय सदस्य सचिवालय सदस्यहरू राजेन्द्र बोहोरा, लोकराज पाण्डेलगायतको उपस्थिति थियो । बैठकले पार्टी सदस्यता नवीकरण, नयाँ सदस्यता प्रदान, टोल कमिटीको बैठक बस्ने योजनाहरू बनाएको छ ।
कोशी प्रदेश
मिसन ग्रासरुट अभियानअन्तर्गत कोशी प्रदेश कमिटीको सहकारी विभागको बैठक सम्पन्न भएको छ । नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष तुलसीप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता र सहकारी विभागका प्रमुख रमेश पोखरेलको अध्यक्षतामा बसेको बैठकले विभागीय कामको योजना निर्माण गरेको कार्यलय सचिव नरेन्द्र बरालले जानकारी दिनुभयो ।

कार्यक्रममा सहकारी विभागका सदस्यहरूलाई जिम्मेवारीसमेत प्रदान गरिएको छ । प्रदेश कमिटी अध्यक्ष न्यौपानेले पार्टीको मिसन ग्रासरुट अभियानलाई सफल बनाउन आ–आफ्नो कार्यक्षेत्रमा लाग्न सबैलाई निर्देशन दिनुभयो ।
यसैबीच, कोशी प्रदेश रिटर्नी फेडेरेशनको अधिवेशन सम्पन्न भएको छ । नेकपा एमाले प्रदेश कमिटीका अध्यक्ष तुलसीप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले ४१ सदस्सीय कमिटी गठन गरेको छ । टीएन बरालको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा धर्मेन्द्र खड्का र रेखा रेग्मी चयन हुनुभएको छ । यस्तै, सचिवमा एकराज सापकोटा, उपसचिव ज्ञानमणि दाहाल र बुद्धराज लिम्बु चयन हुनुभएको छ ।
सुर्खेत
नेकपा एमालेले पार्टी सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरूट अभियानअन्तर्गत सुर्खेतको चौकुने गाउँपालिकाको वडा नम्बर १० कुमाला र वडा नम्बर ५ तोस्रामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

केन्द्रीय प्रतिनिधि एवम् एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले नेता–कार्यकर्तालाई अभिमुखीकरण दिनुभएको थियो । शाहले निर्वाचनको नतिजा आएसँगै पार्टीलाई चयालमान राख्नका लागि तल्लो स्तरका पार्टी कमिटीसँगै जनतासँग छलफल गरि नयाँ योजनाका साथ पार्टीलाई कसरी अगाडि लैजाने भन्ने विषयमा पोख्त हुनका लागि अभियानको थालनी गरिएको बताउनुभयो । ग्रासरूट अभियानबाट जनता माझ पुगेर सिक्ने र सिकाउने काम भएको उहाँले बताउनुभयो ।
अभिमुखीकरण कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य देवीराम भुसाल, ताराकेशर गौतम, चौकुने पालिका कमिटी अध्यक्ष हरिप्रसाद अधिकारीको उपस्थिति थियो । पालिका कमिटी अध्यक्ष अधिकारीका अनुसार कुमाला र तोस्रोमा अखिल नेपाल महिला संगठन र राष्ट्रिय युवा संघ नेपालको कमिटीसमेत गठन गरिएको छ ।
पर्वत
नेकपा एमालेको ग्रासरुट अभियान पर्वत जिल्लामा पनि तीव्र रूपमा अगाडि बढिरहेको छ । एमाले जिल्ला कमिटिको वैठकले गरेको निर्णय बमोजीम प्रदेश कमिटी, जिल्ला कमिटी र पालिका कमिटीका पदाधिकारी तथा सदस्यहरूका लागि सम्बन्धित भूगोल तोकिएको छ । भूगोलमा संगठनका गतिविधिहरू सञ्चालन भइरहेको जिल्ला सचिव गोविन्द पहाडीले जानकारी दिनुभयो ।

पहाडीका अनुसार अहिलेसम्म सवै पालिकाहरूमा पालिकास्तरीय कार्यक्रमहरू सम्पन्न भई वडा र वस्तीस्तरमा छलफल, वैठक र अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन भईरहेका छन् । भूगोल विभाजन गरेर पाटी सदस्यता नवीकरण र संगठन सुदृढीकरण कार्यक्रम सञ्चालन भइरहेको छ ।
विहादी र पैयूँ गाउँपालिकामा केन्द्रीय सदस्य सूर्य पाठक, महाशिला गाउँपालिकामा सावित्रा राना, मोदी गाउँपालिका र कुश्मा नगरपालिकामा सिन्ता सुन्दास र सविता रसाईली, जलजला गाउँपालिकामा टासी स्याङवो गुरुङ केन्द्रीय प्रतिनिधिको रूपमा खटिनुभएको छ ।
ओखलढुंगा
मिसन ग्रासरुट अभियानको क्रममा ओखलढुङ्गाका विभिन्न पालिकामा योजना बैठकहरू सम्पन्न भएका छन् । यसैबीच, सुनकोशी गाउँपालिका वडा नम्बर ७ र ८, लिखु गाउँपालिकाको वडा नम्बर १, मानेभन्ज्याङ गाउँपालिकाको वडा नम्बर ५, ६ र ८ मा पनि योजना बैठक सम्पन्न भएको छ ।
यस्तै, खिजिदेम्बा गाउँपालिका वडा नम्बर ५, सिद्धिचरण नगरपालिकाको वडा नम्बर ११ र १२ र चम्पादेवी गाउँपालिका वडा नम्बर २ मा योजना बैठक सम्पन्न भएको नेकपा एमाले ओखलढुङ्गाका अध्यक्ष शंकरबहादुर कटुवालले जानकारी दिनुभयो ।















प्रतिक्रिया