
काठमाडौं, २ चैत । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एक महिना जनतासँग भेटघाट अभियान चलाउने भएका छन् ।
आज बिहीबार काठमाडौंमा एमालेनिकट अनेरास्ववियुले आयोजना गरेको ‘कानूनका विद्यार्थीसँग केपी ओली’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनले एक महिने जनतासँग भेटघाट अभियान चलाउने जानकारी दिएका हुन् ।
‘अव वैशाखको मध्येबाट जेठको मध्येसम्म म मध्यपहाडी राजमार्गबाट पूर्वदेखि पश्चिमसम्म पहाडै पहाड जनतासँग भेटघाट गर्दै एउटा अभियान चलाउँदै छु,’ आलीले आफ्नो सम्बोधनका क्रममा भने ।















प्रतिक्रिया