३० आश्विन २०८३, शुक्रबार

विश्वकप छनोटमा पुगेको नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री प्रचण्डको बधाई (भिडिओ)

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिहीबार बिहान खेलाडीलाई हौसला प्रदान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं, २ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टीमलाई बधाई ज्ञापन गरेका छन् ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा घरेलु मैदानमा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएपछि प्रधानमन्त्री प्रचण्डले बधाइ दिएका हुन् ।

उनले ट्वीटरमार्फत खेलाडीलाई बधाई दिदै लेखेका छन्, ‘आईसीसी क्रिकेट विश्वकप लिग–२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा हार्दिक खुसी व्यक्त गर्दछु । लिगका खेलहरूमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टीम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई हार्दिक बधाई ।’

त्यसअघि बिहीबार बिहान त्रिवि क्रिकेट मैदान कीर्तिपुरमै पुगेर प्रधानमन्त्री प्रचण्डले खेलाडीलाई हौसला प्रदान गरेका थिए ।