३० आश्विन २०८३, शुक्रबार

विकासका काममा सबै राजनीतिक दलको बुझाई एउटै हुनुपर्छ : विष्णु पौडेल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २ चैत । नेकपा एमालेका उपध्यक्ष एवम् निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले विकासको काममा सबै राजनीतिक दल, दलका प्रतिनिधि र जनप्रतिनिधिहरूको बुझाई एउटै हुनुपर्ने बताएका छन् ।

हिजो बुधबार तिलोत्तमा नगरपालिकाको सरसफाई अभियानको १००औं श्रृंखला मूल समारोहलाईं सम्बोधन गर्दै नेता पौडेलले विकास कुनै व्यक्ति वा दलका लागि मात्र नभई नागरिकका लागि भएकाले विकासका काममा सबै एकजुट हुनुपर्ने बताएका हुन् ।

विकासमा दलीय एकता र जनप्रतिनिधिको साझा बुझाइले रुपन्देहीमा नमूना विकास सुरू भएको दाबी गर्दै उनले देशभर यस्तै बुझाई कायम हुनुपर्नेमा जोड दिए । रुपन्देहीमा नमूना अभियान सुरू भएको र सफल समेत भएको उनको भनाइ छ ।

राजनीतिक दल, दलका प्रतिनिधि र जनप्रतिनिधिहरू यो वा त्यो नाममा विभाजित बन्दा नागरिकको चाहना कुण्ठित हुने उपाध्यक्ष पौडेलको भनाइ छ ।