
काठमाडौं, २ चैत । बेनी–जोमसोम सडक शुक्रबारदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ ।
मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त सडकमा संरचना निर्माण गर्नुपर्ने भएकाले बन्द गरिने भएको हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारको काम गर्नुपर्ने भएकाले दैनिक ६ घण्टा यातायात आवतजावत बन्द हुने भएको हो ।
चैते दशैँको समयमा कागबेनीमा स्नान गर्न जाने आउने तीर्थयात्रीलाई लक्षित गरेर चैतको ६, ७ र ८ गते भने यातायात सञ्चालन हुने बताइएको छ ।
एम्बुलेन्स र अत्यावश्यक सवारी साधनको हकमा भने सडकमा सहज आवतजावतको व्यवस्था मिलाउने प्रशासनले जनाएको छ ।















प्रतिक्रिया