
गौर, २ चैत । नेकपा (एमाले) का सचिव रघुवीर महासेठले बाह्य शक्तिको इसारामा नेपाली कांग्रेसको पछाडि लाग्नेहरू कम्युनिष्ट नेता हुन नसक्ने बताएका छन् ।
नेकपा (एमाले) रौतहटद्वारा हिजो बुधबार आयोजित मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत जिल्लास्तरीय प्रशिक्षणात्मक भेलामा महासेठले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विदेशीको इसारामा कांग्रेसको पुच्छर बनेको चर्चा गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
व्यक्तिगत स्वार्थका लागि देशको हित, राष्ट्रियता र स्वाभिमान बिर्सेर विदेशीको इसारामा चल्ने नेताहरू राष्ट्रवादी हुन नसक्ने उनले बताए । त्यस्ता नेताहरूलाई जनताले तिरस्कार गर्नुपर्ने उनको भनाइ छ ।















प्रतिक्रिया