३१ आश्विन २०८३, शनिबार

यूएईले नेपाललाई दियो ३११ रनको लक्ष्य

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको जारी अन्तिम खेलमा संयुक्त अरव इमिरेट्स (यूएई) ले नेपाललाई ३११ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनायो ।

यूएईका लागि आसिफ खानले अविजित १०१ , वृत्य अरबिन्दलेले ९४, कप्तान मोहम्मद वासिमले ६३, रोहन मुस्तफाले २० सिपी रिजवानले ७, आर्यन लाक्राले ६ तथा आयन अफजाल खानले ३ रन बनाए ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २ तथा सोमपाल कामी, ललितनारायण राजबंशी र सन्दीप लामिछानेले समान १/१ विकेट लिए ।