
काठमाडौं, २ चैत । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले चैत आठ गते विश्वासको मत लिने भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले पुन: विश्वासको मत लिन लागेका हुन् ।
जमरकट्टेल नेकपा (माओवादी केन्द्र) नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा गत पुष २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
तर, राप्रपाले फागुन १३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
















प्रतिक्रिया