१ कार्तिक २०८३, आइतबार

नेपाली क्रिकेट टोलीलाई शुभकामना दिन प्रधानमन्त्री प्रचण्ड त्रिवि क्रिकेट मैदानमा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा पुगेका छन् ।

यूएईविरुद्ध खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना दिन उनी त्रिवि मैदानमा पुगेका हुन् ।

उनले खेलाडीहरूसँग हात मिलाउँदै जितका लागि शुभकामना दिएका छन् ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गतको अन्तिम खेलमा नेपालले अहिले यूएईविरुद्ध खेलिरहेको छ ।

यो समाचार तयार पार्दासम्म टस जितेर ब्याटिङ गरिरहेको यूएईले ४.२ ओभरमा १ विकेटको क्षतिमा ४२ रन बनाएर खेलिरहेको छ ।

आज नेपालले यूएईलाई हराए सिधै विश्वकप छनोटमा स्थान बनाउनेछ । तर यूएईविरुद्धको आजको खेल हारे नामिबियाले विश्वकप छनोटमा सिधै स्थान बनाउने छ ।