२८ आश्विन २०८३, बुधबार

बेहोस बनाएर लुट्ने सशस्त्रका भगौडा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrauकाठमाडौं, १५ वैशाख । जग्गा खरिद गरिदिने भन्दै बुटवल पुर्‍याएर नशालु पदार्थ खुवाई एक ब्यक्तिलाई लुटेको आरोपमा सशस्त्र प्रहरीका भगौडा पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाले त्यसरी लुटपाट गर्ने सशस्त्र प्रहरीका भगौड ढुण्डीराज शर्मा र अर्का एकलाई पक्राउ गरेको हो । महाशाखाका अनुसार शर्मा र नुवाकोटका ज्ञानेश्वर दाहालले दोलखाका टोपबहादुर काफ्लेलाई जग्गा खरिद गरिदिने भन्दै बुटवलको स्वर्गद्धारी गेष्ट हाउसमा लगेर ५ लाख ५४ हजार रुपैंया लुटपाट गरेका थिए ।

प्रहरीका अनुसार उनीहरुले काफ्लेलाई लुट्ने योजना बनाएर भारतबाट बेहोस बनाउने ओषधी ल्याएर लड्डुमा मिसाई खुवाएका थिए । काफ्ले बेहोस भएपछि उनीहरु उक्त रकम लुटेर फरार भएका थिए । बाग्लुङ घर भएका ३४ बषिर्य शर्मा सशस्त्र प्रहरीबाट २०६१ सालमा भागेका थिए । कान्तिपुर दैनिकबाट