
काठमाडौं, १ चैत । नेकपा एमालेका सांसद योगेश भट्टराईले राष्ट्रपति रामचन्द्र पौडेलको सपथ ग्रहणबारे प्रश्न उठाएका छन् ।
सपथ ग्रहणका क्रममा भएको शब्द उच्चारणमा सुनिएको त्रुटिलाई लिएर उनले प्रश्न उठाएका हुन् ।
उनले सामाजिक सन्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले सपथ दोहोर्याउनुपर्ने उदाहरण समेत प्रस्तुत गरेका छन् ।
‘अमेरिकी राष्ट्रपति ओबामाले सपथको बेहोरा सहि उच्चारण नगर्दा पुन: सपथ गर्नु परेको थियो। हाम्रा राष्ट्रपति रामचन्द्र पौडेलले सपथमा प्रतिज्ञा गर्दछु भन्नु पर्नेमा प्रतिक्षा गर्दछु भन्नु भएको स्पस्ट सुनिन्छ,’ उनले भनेका छन्, ‘हाम्रा राष्ट्रपतिले पुन: सपथ लिनु पर्छ कि पर्दैन होला ? तपाईंलाई के लाग्छ ? कानुन र परम्पराले के भन्छ ? जिज्ञासा !’















प्रतिक्रिया