
काठमाडौं, १ चैत । आइएमई ग्रुपद्वारा संचालित आइएमई लिमिटेड र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा ‘आइएमई पे’ र अग्रणी विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्ज कतारबीच युनिमनीको ‘सेन्ड मनी अन्लाईन एन्ड विन बिग’ क्याम्पेनमा प्रमोसन पार्टनरको रुपमा समझदारी भएको छ।
विन बिग क्याम्पियनमा सम्पूर्ण सेवाग्राहीहरू युनिमनि कतार मोबाइल एप अथवा युनिमनीको अनलाइन पोर्टल मार्फत आईएमईमा पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले आईफोन १४ प्रो, ५ जना विजेताले सामसङ ग्यालेकसी एस२२ अल्ट्रा साथै ३० जना सेवाग्राहीहरूले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी जम्मा १०० ग्राम सुन जित्न सक्नेछन्।
सोही क्याम्पेनको अवधि १५ मार्च २०२३ देखि १५ मे २०२३ (०१ चैत, २०७९ देखि जेठ ०१, २०८०) सम्म जम्मा ६२ दिनका लागि लागू हुने कम्पनीले जनाएको छ।
उक्त क्याम्पेन सँगै युनिमनी एक्सचेन्ज कतारबाट आइएमई गर्दा आइएमई पे वालेटमा ५० सम्मको बोनस सुविधा यथावत नै रहनेछ।
अनलाइन च्यानलहरुको प्रवर्द्धन गर्नको लागि तयार पारिएको सो क्याम्पेनको विजेता घोषणा विद्युतीय माध्यमबाट छनोट हुनेछ।















प्रतिक्रिया