२ कार्तिक २०८३, सोमबार

के छलफल भयो १० दलीय गठबन्धनको बैठकमा ?

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत । दश दलीय गठबन्धनको बैठक बालुवाटारमा बसेको छ ।

प्रधानमन्त्री निवासमा जारी बैठकमा उपराष्ट्रपतिको निर्वाचन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट लिने विस्वासको मतका विषयमा छलफल भएको जानकारी दिइएको छ ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउत, आम जनता पार्टी अध्यक्ष प्रभु शाह र राष्ट्रिय जनमोर्चा पार्टीका नेताहरु सहभागी थिए।