१ कार्तिक २०८३, आइतबार

चलचित्र प्रेमाको ‘फूल यो चुडेर’ बोलको गीत सार्वजनिक

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत । नेपाली चलचित्र प्रेमाकोे गीत सार्वजनिक भएको छ ।

बुधबार काठमाडौंको आईप्लेक्स महलमा एक कार्यक्रम आयोजना गरी बाघठाटा फिल्म फ्याक्ट्री युट्यूब च्यानलमार्फत चलचित्रमा समावेश ‘फूल यो चुडेर’ बोलको गीत सार्वजनिक गरेको हो ।

सविन एकतारेको शब्द र एसडि योगीको स्वरमा रहेको गीतमा संगीत सुसान्त गैतमले भरेका छन् । गोविन्द सिंह भण्डारीको निर्देशन रहेको सो गीतमा अभिनेता अरुण क्षेत्री , शुभेक्षा खड्का र सृष्टि श्रेष्ठको मुख्य अभिनय देख्न सकिन्छ ।

निर्देशक भण्डारीले, गीत सार्वजनिकपछि प्रेमा फिल्म आफ्नो सपना भएको भन्दै सहकार्य गरी पर्दा सम्म ल्याईदिने सबै टिमलाई धन्यवाद दिए ।  उनले भने ‘मेरो एक किसिमको सपना थियो प्रेमा फिल्म पर्दामा ल्याउँने । सबैले सहकार्य गरेर आज उहाँसम्म ल्याईदिनु भयो सबैमा धन्यवाद ।’

त्यस्तै नेपाली चलचित्र महापुरुषबाट अभिनय क्षेत्रमा पाईला टेकेकी कलाकार शुभेक्षा खड्काले प्रेमा फिल्म आफ्नो दोस्रो चलचित्र भएता पनि पूरै नयाँ अनुभव लिएको बताउँदै राम्रो कथाबस्तुमा बनेको चलचित्र प्रेमा हेर्न सबैलाई आग्रह गरिन् ।

उनले भनिन ‘मेरो यो दोस्रो चलचित्र भएता पनि यो फिल्म बाट पूरै नयाँ अनुभव लिनै मौका पाए । प्रेमा एउटा राम्रो कथानक चलचित्र हो । त्यसैले सबैजना हेर्न जानुहोला सबैको साथ सहयोगको आवश्यक छ । ’

भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्माण गरिएको हो । फिल्ममा अरुण, शुभेक्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया(काजु)को अभिनय रहेको छ ।