
काठमाडौं, १ चैत । भारतीय चर्चित अभिनेता समीर खाखरको निधन भएको छ ।
खाखरको ७१ वर्षको उमेरमा निधन भएको हो । उनको भारतको बोरिवली-१ स्थित एमएम अस्पतालमा निधन भएको हो ।
खाखरको शरीरका धेरै अंगहरू काम नलाग्ने भएका कारण निधन भएको बताइएको छ । भारतीय सञ्चार माध्यमका अनुसार सास फेर्न समस्या भएपछि खाखरका छोराले उनलाई अस्पतालमा भर्ना गरेका थिए ।
उनको सोही अस्पतालमा उपचारको क्रममा निधन भएको हो । खाखरले थुप्रै चलचित्र र सिरियलमा काम गरेका थिए ।















प्रतिक्रिया