२ कार्तिक २०८३, सोमबार

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवलाई सघाउने काँग्रेसको निर्णय

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत । नेपाली काँग्रेसले उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका रामसहायप्रसाद यादवलाई सहयोग गर्ने निर्णय गरेको छ ।

बुधबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले यादवलाई मतदान गर्ने निर्णय गरेको हो । उपराष्ट्रपतिको निर्वाचन चैत तीन गते हुँदैछ ।

त्यस्तै बैठकले राष्ट्रपतिमा निर्वाचित भएकोमा रामचन्द्र पौडेललाई बधाइ प्रकट गर्दै राष्ट्रपति पदको गरिमा, मर्यादा, दायित्व र जिम्मेवारीलाई संविधानको मर्म र भावना अनुरुप कार्यसम्पादन गर्न सफलता प्राप्त हुने विश्वासका साथ शुभकामना व्यक्त गरेको छ भने पौडेललाई आफ्नो मत दिएर निर्वाचित गराएकोमा गठबन्धन दल आवद्ध सांसदहरुप्रति धन्यवाद प्रकट गरेको छ ।

बैठकले बैंशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीका सम्बन्धीत निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालयमार्फत निर्देश गर्ने निर्णय पनि गरेको छ ।