२ कार्तिक २०८३, सोमबार

चितुवाको आक्रमणबाट दुई जना घाइते, चितुवा मृत फेला

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत । पोखरामा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा रुपा गाउँपालिका-४ का २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी र पोखरा १८ बस्ने ३२ वर्षीय राजेश तिमिल्सिना  रहेका छन् ।

उनीहरुलाई आक्रमण गर्ने चितुवा भने मृत फेला परेको छ । आक्रमणपछि चितुवालाई नियन्त्रणमा लिन खोजी गर्दा मृत फेला परेको हो ।

घाइतेहरुको उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।