
काठमाडौं, १ चैत । सल्यानमा सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु भएको छ ।
बनगाड कुपिण्डे नगरपालिका–९ स्वाराका अन्दाजी १६ वर्षीय चित्र बहादुर रावतको सँगै सिकार गएका ४० वर्षीय आइते रावतले बोकेको बन्दुकको गोली लागेर मृत्यु भएको हो ।
प्रहरीले आइते रावतलाई पक्राउ गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया