३ कार्तिक २०८३, मंगलबार

अमेरिकी नागरिक ठग्ने पृथ्वीबहादुरसहित ६ जना कारागार चलान

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत । अदालतले अमेरिकी नागरिक ठगी काण्डमा मुछिएका पृथ्वीबहादुर शाह र उनका भाइ विजयविक्रमसहित ६ जना पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

ठगी काण्डमा शाहका दाजु भाइसहित पक्राउ परेका सातमध्ये ६ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले जनाएको छ ।

सिआइबीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले भने ‘पक्राउ परेकामध्ये विनिता तामाङलाई भने ५० हजार धरौटीमा अदालतले छाडेको र अन्य ६ जनलाई कारागार चलान गर्ने आदेश भएको छ ।’

उजुरीका आधारमा पक्राउ गरी अनुसन्धान गरेको सिआइबीले जिल्ला सरकारी वकिलको कार्यालय मार्फत अदालतमा अभियोग दर्ता गरेको थियो ।

उनीहरुले ट्राभल, म्यानपावरलगायतका विभिन्न २४ कम्पनी खडा गरी नक्कली कागजात बनाएर विदेशी नागरिकबाट ६४ करोड भन्दा बढी ठगी गरेको आरोप छ ।

उनीहरुको समूहले प्रविधिलाई अधिकतम दुरुपयोग गरी पीडितका मेल, सामाजिक सञ्जाल वा बैंक खातामै पहुँच पुर्‍याएर ठगी गरेको अनुसन्धानमा देखिएको छ ।