
काठमाडौं, ३० फागुन । एनआईसी एशिया बैंकले बीमाबापतको रकम हस्तान्तरण गरेको छ ।
बैंकमा बचत खाता खोलेकी भएकी अन्नु श्रेष्ठलाई रकम हस्तान्तरण गरिएको हो । बैंकको सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत उपलब्ध घातक रोग बीमाबापत रू. १० लाख रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
श्रेष्ठले बैंकको जावलाखेल शाखाबाट ‘सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत’ सर्वश्रेष्ठ बण्डल सहज बचत खाता खोलेकी थिइन् । उनलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले बीमा रकम बराबरको चेक हस्तान्तरण गरे ।
बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरिएको जनाइएको छ । बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका २०८० जना भन्दा बढी ग्राहकले घातक रोग बीमाबापत रू. ३ करोड, दुर्घटना बीमाबापत रू. १ करोड ३० लाख र मेडिकल बीमाबापत रू. ३ करोड ६७ लाख गरी कुल रू. ७ करोड ९८ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसकेको बैंकद्वारा जारी विज्ञप्तिमा छ ।
देशको दूरदराजमा रहेका लाखौं ग्राहकहरूमाझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको बैंकले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा ४ जनालाई ५ वर्षका लागि रू. ८४ लाखसम्मको बीमा सुविधा रहेको ‘सर्वश्रेष्ठ बचत योजनाहरु’ सञ्चालन गरिरहेको छ ।
यस योजनामा सर्वाधिक उच्च ब्याजदर, ५ वर्षसम्म रू. ८४ लाखसम्मका ३ बीमा (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा)सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू समावेश छन् ।















प्रतिक्रिया