३० आश्विन २०८३, शुक्रबार

के बैंकहरूबाट कर्जा पाउनुभएको छैन ? मुक्तिनाथ विकास बैंकलाई सम्झनुहोस्

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० फागुन । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना सञ्चालनमा ल्याएकोे छ ।

केही समयदेखि बजारमा देखिएको तरलता सङ्कटसँगै ग्राहकहरुले कर्जा पाउन नसकिरहेको अवस्थामा बैंकले यो योजना घोषणा गर्दै कर्जा आवश्यक परेका कुनै पनि ग्राहकले मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरुमा सम्पर्क राख्न आह्वान समेत गरेको छ ।

योजनाअन्तर्गत बैंकले रू. दुई करोडसम्मका साना तथा मझौला व्यवसाय कर्जा, कृषि कर्जा, घर कर्जा, अटो तथा हायर पर्चेज कर्जा, शैक्षिक कर्जा, जग्गा खरीद तथा अन्य व्यक्तिगत कर्जा प्रदान गर्ने भएको छ । योजनाअन्तर्गत कर्जा लिन इच्छुकहरूलाई सम्पूर्ण आवश्यक कागजातहरु पूरा गरेको तीन कार्य दिनभित्रै सर्भसुलभ ब्याजदरमा कर्जा स्वीकृत गरी प्रदान गर्ने बैंकले जनाएको छ ।

योजनामा सहभागी भई कर्जा लिन इच्छुक ग्राहकहरुले नजिकको शाखा कार्यालयमा सम्पर्क राख्न वा मोबाईल नम्बर ९८०१११००२३ मा मिस्ड कल गरी वा बैंकको वेबसाइटमा गई अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने बैंकले जनाएको छ ।