३० आश्विन २०८३, शुक्रबार

स्ववियु चुनाव सन्निकट रहँदा महेन्द्र बहुमुखी क्याम्पसमा लाग्यो ताला

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ३० फागुन । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन सन्निकट आइरहँदा दाङको घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा भने ताला लागेको छ ।

चुनावी मैदानमा रहेका तीन वटा विद्यार्थी संगठनको अगुवाइमा क्याम्पसमा तालाबन्दी गरिएको हो ।

तालाबन्दी गर्ने विद्यार्थी संगठनहरूमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौं), क्रान्तिकारी संयुक्त र क्रान्तिकारी (बिप्लव) छन् । उनीहरूले फर्जी परिचयपत्र बनाउन क्याम्पस प्रशासनले सहयोग गरेको भन्दै क्याम्पसमा तालाबन्दी गरेको बताएका छन् ।

क्याम्पस प्रशासनले गैर जिम्मेवारीपन प्स्तुत गर्दै स्ववियु निर्वाचनको मुखमा आएर गैरविद्यार्थीलाई परिचयपत्र वितरण गरेको आरोप उनीहरूको छ ।