३० आश्विन २०८३, शुक्रबार

एमालेमाथि चौतर्फी घेराबन्दी भइरहेको छ : महासचिव पोखरेल

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० फागुन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेमाथि अहिले चौतर्फी घेराबन्दी भइहरहेको बताएका छन् ।

आज मंगलबार काठमाडौंमा मानवअधिकार रक्षक तथा सामाजिक अभियन्ताहरुको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटनका अवसरमा राष्ट्रका लागि काम गर्न खोज्दा चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको बताएका हुन् ।

‘सङ्कटको दौडबाट गुज्रिरहेका छौँ । जसले राष्ट्रको लागि काम गर्न खोज्छ उसलाई चौतर्फी घेराबन्दी र आक्रमण हुने गर्छ । नागरिकहरु के कारणले चौतर्फी घेराबन्दी र आक्रमण हुने गर्छ भन्ने कुरा विश्लेषण गर्न सक्ने अवस्थामा छैनन् । जसको कारणले अस्थिरताको खेती गर्नेहरुले मौका पाइरहेका छन्,’ उनले भने । नेपालको राजनीतिक व्यवस्था चुनौतीबाट बाहिर निस्कन नसकेको उनको भनाइ ।

राजनीतिक स्थिरताको लागि कुनै पनि शासन प्रणलीले जनताको आकांक्षा र भावनालाई प्रत्याभुत गर्न नसके राष्ट्र कमजोर हुने उनको चेतावनी छ ।