२ कार्तिक २०८३, सोमबार

पाँच वर्षमा जनताको अपेक्षा पूरा गर्न एकीकृत सोचका साथ अघि बढ्नुपर्छ: महामन्त्री शर्मा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको पाँच बर्ष जनताको अपेक्षा पूरा गर्नका लागि एकीकृत सोचका साथ अघि बढ्नुपर्ने बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेसले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शर्माले पाँच बर्षसम्म संसदलाई बिघटित नहुनेगरी गठबन्धन दलहरु जनताको अपेक्षा पूरा गर्न एकीकृत रुपमा अघि बढ्नुपर्ने बताएका हुन् ।

उनले मुलुकलाई स्थिरता राखेर नै मुलुकको विकासको आकांक्षा पूरा हुने जिकिर गरे । अहिले राजनीतिमा देखिएका वितृष्णा, अर्थतन्त्रका समस्याहरु, व्यवसायीहरुको पीडा लगायत मुलुकमा देखिएका नकारात्मक संकेतहरुलाई राज्यले उचित सम्बोधन गर्नुपर्ने उनले बताए ।

उनले अहिले बाहिर हल्ला चले जस्तो मुलुकको आर्थिक अवस्था धेरै नराम्रो नरहेको धारणा राखे । महामन्त्री शर्माले अब मुलुकको आर्थिक अवस्था सुधार गर्नका लागि व्यापार घाटा नियन्त्रणतर्फ ध्यान केन्द्रति गर्नुपर्ने बताए ।